छुट्टाछुट्टै घटनामा नावालिकासहित तीन जनाको मृत्यु





३० असार, दमक।
पूर्वका तीन छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी एक बर्षे नावालिकासहित तीन जनाको मृत्यु भएको छ।
झापाको मेची नगरपालिका १० स्थित कोशी होटलको कोठाबाट तल खस्दा आज बिहान १३ महिनाकी एक बालिकाको मृ्त्यु भएको हो।
होटलको छैठौ तलामा रहेको कोठामा बस्दै आएकी भारतीय नागरिक रेणु अधिकारीकी १३ महिनाकी छोरी एन्जिना अधिकारीको झ्यालबाट तल खसेर आज बिहान मृत्यु भएको हो। झ्यालबाट खसेर गम्भीर घाईते भएकी उनको उपचारकाक्रममा मनमोहन अस्पताल बिर्तामोड अस्पतालमा आज बिहान साढे ९ बजे ज्यान गएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।




यता झापाकै तोपगाछीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको आज बिहान मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत तोपगाछी ७ मा पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको ट्रकले ठक्कर दिँदा मे ६ प ५३४१ नं. को स्कुटर पछाडी सवार शिव-सतासी नगरपालिका ७ का २८ वर्षिय जीवन श्रेष्ठको मृत्यु भएको हो।
ना ५ ख ८६८२ नं.को ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारकालागी बिर्ता सिटी अस्पताल लैजानेक्रममा दिउँसो मृत्यु भएको थियो। ट्रक तथा चालक आफ्नो नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।


उता सुनसरी र सप्तरीको विचमा पर्ने कोशीटप्पु क्षेत्रमा बस्तु चराउन गएकी एक बालिकाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
भैसी चराउनका लागि कोशी टप्पु क्षेत्रमा जानेक्रममा हात्तीले आक्रमण गर्दा सप्त-कोशी नगरपालिका १० बस्ने सत्य नारायण यादवकी १३ वर्षिया छोरी संगिता कुमारी यादवको मृत्यु भएको हो।
हिजो बिहान घरबाट चरनका लागि हिँडेकी उनी साँझसम्म घर फर्कि नआएपछि खोजतलाश गर्दै जाँदा आज बिहान उनको शव जंगल क्षेत्रमा फेला परेको थियो।
घटनास्थल प्रकृती हेर्दा उनलाई जंगली हात्तीले आक्रमण गरी मारेको हुन सक्ने इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।









Comments