दमकमा सुर्तिजन्य पदार्थ नियमन समिति




३० असार, दमक।
सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न यहाँ स्थानीय स्तरमा नियमन समितिको गठन भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको अध्यक्षतामा ७ सदस्यीय नगर स्तरिय सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन समिति गठन गरिएको हो ।


सुर्तिजन्य पदार्थहरुको प्रयोग, नियमन तथा नियन्त्रण ऐनको निर्देशिका-२०७१ मा उल्लेख भए बमोजिम अनुगमन तथा नियमन कार्यलाई प्रभाबकारी वनाउने उद्देश्यले सो समितिको गठन गरिएको हो । समितिका अन्य सदस्यहरुमा कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र, स्थानीय प्रहरी, स्वास्थ्य चौकी, उद्योग वाणिज्य संघ, नगर क्षेत्र भित्रका कुनै पनि एक विद्यालयका प्रतिनिधिसमेत रहने जनाइएको छ । जिल्ला जनस्वाथ्य कार्यालयको आयोजना तथा चेतना नेपालको समन्वयमा हालसम्म झापाका ७ वटा नगरपालिका र ४ गाविसहरु खजुरगाछी, बनियानी, बाहुनडाँगी र राजगढमा समेत समिति गठन गरिएको चेतना नेपालका अध्यक्ष इन्द्र ओलीले जानकारी दिए।




Comments