बच्चाको मृत्यु भएपछि फार्मेसीमा तनाव




२२ असार, दमक।
डाक्टरको हेलचेक्र्याईंका गरेका कारण उपचारको लागि ल्याइएको एक बच्चाको मृत्यु भएपछि झापाको दमक-११ स्थित सूर्योदय हेल्थ केयरमा आज विहानैदेखि तनाव उत्पन्न भएको छ ।
ज्वरो आएपछि उपचार गर्न ल्याइएका झापा, गौरादह-८ का दुर्योधन ताजपुरीयाका ४० दिनको छोरा आयूसको हिजो साँझ उपचारका क्रममा ज्यान गएपछि फार्मेसीमा तनाव उत्पन्न भएको हो । पीडित परिवारजनले चिकित्सकको लापर्वाहीका कारण बच्चाको ज्यान गएको भन्दै चिकित्सक लीलासुन्दर श्रेष्ठलाई कारवाहीको माग गर्दै प्रदर्शन गर्न थालेपछि फार्मेसी गएराति देखि नै बन्द हुन पुगेको छ । फार्मेसीमा सशस्त्र प्रहरीले सुरक्षा दिन थालेको छ ।




फार्मेसीमा उपचारको लागि ल्याइएकोमा बालकको मृत्युका बारे फार्मेसी तथा चिकित्सकहरुले आफूहरुवाट त्यस्तो त्रुटी नभएको जिकीर गर्दै आएका छन् । पीडितका अभिभावकहरुले भने तत्काल शव नबुझ्ने अडान राख्दै आएका छन् । बच्चाको शव हिजोदेखि फार्मेसीमा नै राखिएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक चरित्रबिक्रम कार्कीका अनुसार बच्चालाई उपचार गर्ने क्रममा दिइएको औषधि र पूर्जाको अध्ययन गर्दा तत्काल त्यस्तो कुनै खराबी नदेखिएको भए पनि अनुसन्धानको लागि औषधिको खोल र चिकित्सकको पूर्जी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।





Comments