अखिल क्रान्तिकारीद्वारा स्कुल बस तोडफोड



१३ असार, दमक।
भर्ना शुल्क नलिने सहमति कार्यान्वयन नगरेको भन्दै अखिल क्रान्तिकारीको एक समूहले आज दमकको ग्लोवल उच्च माविको बसमा तोडफोड गरेका छन् ।
दमक -११ स्थित विद्यालय अगाडी विद्यार्थी लिन जान लाग्दा अखिल क्रान्तिकारीको एक समूहको बस तोडफोड गरेका हुन् । उनीहरूले बसको अगाडीको सहित प्रायः सबै सिसा फुटाइदिँदा करिव एक लाख रूपैयाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जानकारी दिएको छ।



बैसाख ६ गते शिक्षा मन्त्रालय, संयुक्त विद्यार्थी संगठन, अभिभावक संघ लगायतबीच भर्ना शुल्क नलिने सहमति भएको थियो । तर सो विद्यालयले लिएको भर्ना शुल्क विद्यार्थीलाई फिर्ता गर्ने लगायतका बिषयमा भएको सहमति कार्यान्वयन गर्न नमानेपछि विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रनु परेको अखिल क्रान्तिकारी झापाका अध्यक्ष रबि बस्नेतले बताए। क्रान्तिकारीले जिल्लाभित्रका शैक्षिक विकृति विरुद्ध यस्तमो शैक्षिक आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।





Comments