औषधी व्यवसायी संघको स्थापना दिवस मनाइयो




१० असार, दमक।
नेपाल औषधी व्यवसायी संघको ४२ औं स्थापना दिवसका अवसरमा आज यहाँ विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । स्थापना दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रमको उद्घाटन आम्दा अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर नबिन ढकालले गरेका थिए । अन्तरकृयासहित भएको उद्घाटन कार्यक्रममा वक्ताहरुले स्वाथ्य क्षेत्रमा संलग्न व्यवसायीहरु सधैं संवेदनशील हुनुपर्ने जोड दिएका थिए ।
शाखाको कार्यालयमा भएको अन्तरकृयामा सहभागी हुँदै मेसु डाक्टर ढकालले स्वास्थ्य क्षेत्रमा संलग्न पेशाकर्मीहरुवीच एकता हुन जरुरी रहेको औंल्याएका थिए ।


त्यस कार्यक्रममा संघका अध्यक्ष सूर्यप्रसाद कोइराला, पूर्व केन्द्रीय सदस्य राजेन्द्र ढकाल लगायतकाले समेत बोलेका थिए ।
त्यस अवसरमा शाखाबाट संघको केन्द्रीय समितिका विभिन्न उपसमितिमा मनोनित हुने तीनजना सदस्यहरुलाई स्वागत गरिएको थियो ।
सोही दिवसका अवसरमा आम्दाका करिव एक सय बढी विरामीहरुलाई फलफूल वितरण गरिएको संघका सदस्य अनिल सुवेदीले बताए ।




Comments