फाल्गुनन्द मार्ग उपभोक्ता समितिको पद हस्तान्तरण



२९ जेठ, दमक।
दमक-चिसापानी-रवि सडक (फाल्गुनन्द मार्ग) निर्माण उपभोक्ता समितिका नव निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम शुक्रबार यहाँ सम्पन्न भएको छ ।
दमक उद्योग बाणिज्य संघको सभाहलमा एक औपचारिक कार्यक्रम गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गरिएको हो। समितिका निवर्तमान अध्यक्ष सुरेश सुव्वाले नव निर्वाचित अध्यक्ष रेवतराज पुरी (गगन) लाई पद हस्तान्तरण गरेका थिए।




कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघका मेची अञ्चल प्रतिनिधि तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा प्रसाईले कुनैपनि सार्वजनिक महत्वसँग जोडिएका विषय बस्तुहरुमाथि तेरो वा मेरो नभनी हाम्रो भन्ने उच्च सोचका साथ अगाडी बढ्न आवश्यक रहेको औंल्याएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरीले सवैसँग सहमति र सहकार्य गर्दै सडकको तीव्र विकासका लागि आफू सधैं क्रियाशील रहने प्रतिवद्धता दोहोर्‍याएका थिए ।
संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिव देउ कुमार नेम्बाङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा नेकपा एमाओवादीका रमेश गुरागाई, नेपाली कांग्रेसका ढुण्डिराज भण्डारी, समितिका पूर्व पदाधिकारीहरु पूर्ण वहादुर बस्नेत, केयरसिंह योङहाङ, नेपाल-भारत मैत्री संघका केन्द्रीय सल्लाहकार गणेश वस्नेत लगायतले नवनिर्वाचित समितिको सफल कार्यकालका लागि शुभकामना राखेका थिए । महासचिव हेमन्त राईले सञ्चालन गरेको सो कार्यक्रममा पूर्व सभासद तथा समितिका पूर्व अध्यक्ष स्वर्गीय डाक्टर गोपाल प्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।




Comments