भ्यान दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमानसहित दुई घाइते




२४ जेठ, मोरङ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बयरबन ९ मा आज विहान भएको सडक दुर्घटनामा एक महिलाको ज्यान गएको छ।
बिहान साढे ७ बजेतिर पूर्वतर्फ जाँदैगरेको को १ च ११७७ नम्बरको मारुती भ्यान सडक छेउको कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
तिब्र गतिमा गुडिरहेको भ्यान सडक किनाराको कल्भर्टमा ठोक्किएर भएको दुर्घटनामा धरान १८ की ३५ बर्षिया मिना राईको उपचारको क्रममा विहान साढे ९ बजे धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते मृतकका श्रीमान् ५२ बर्षिया राजन राई र भ्यान चालक सोही ठाउँका ३५ बर्षिय राम राईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




Comments