हङ्गकङ परिवार उर्लाबारीको राहत सिन्धुपाल्चोकमा



३० जेठ, उर्लाबारी।
उर्लावारी परिवार हङकङको ३ लाख ५० हजार रूपैयाँ बराबरको राहत बितरण गरेर भिजन फाउण्डेसनको टोली उर्लाबारी फर्किएको छ ।
सिन्धुपाल्चोकको भोथाङ गाविस र बरुवा गाविस वडा नम्बर १ का १ सय ७० घरपरिवारलाई राहत वितरण गरेर टोली फर्किएको हो ।
राहतस्वरुप त्रिपाल र म्याट लगेर वितरण गरिएको त्यहाँ पुगेर फर्किएका उर्लाबारी युवा क्लवका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार भोथाङ गाविसका सम्पूर्ण वार्ड र वरुवा गाविसका याङ्ग्री र सुनचौर गाउँटोलका भुकम्प पिडीतलाई उक्त समाग्री प्रदान गरिएको हो ।




फाउण्डेसनले भुकम्पबाट प्रभावितमध्ये अति प्रभावित र पिडीतलाई प्रत्यक्ष पुगेर राहत वितरण गरेको भिजनका अध्यक्ष राजु लामाले जानकारी दिए।
यसैगरी मंगोलियन हर्टका राजु लामा फाउण्डेसन र नेपाली टच अष्ट्रेलियाले पनि संयुक्त रुपमा भिजनले राहत वितरण गरेको परिवारलाई प्रतिघर नगद ६ हजार रूपैयाँ वितरण गरेको थियो । अतिविपन्न परिवारलाई आवश्यक समाग्री किनेमेलमा सहजता होस् भन्ने उद्देश्यले नगदै प्रदान गरिएको राजु लामा फाउण्डेसनका कोषाध्यक्ष बबि लामाले जानकारी दिए।




Comments