एक गठबन्धनद्वारा सपथग्रहण, अर्कोद्वारा बहिष्कार



२४ जेठ, दमक।
दमक रवि चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण तथा उपभोक्ता समितिको नयाँ निर्वाचित नेतृत्वलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको छ । आइतबार मारवाडी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको प्रमुख उपस्थितिमा नवनिर्वाचित अध्यक्ष रेवतराज पुरी (गगन)सहित निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ गराइएको हो । निर्वाचन समिति संयोजक विश्वदिप लिङदेनले सपथ खुवाएका थिए । कार्यक्रममा अध्यक्ष पुरी, प्रजिअ पौडेल, सडक डिभिजन कार्यालय दमकका प्रमुख रामहरी पोखरेल, नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, उपभोक्ता समितिका पूर्व अध्यक्ष विजय बराल, निर्वाचन समिति सदस्य जयबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।


नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमुक्ति पार्टीलगायत सम्बद्ध गठबन्धनका तर्फबाट विजयी उमेद्वारहरुले भने सो कार्यक्रम बहिष्कार गरेका छन् । उनीहरूले सपथग्रहणसमेत गरेनन् ।
यही जेठ १५ र १६ गते सम्पन्न निर्वाचनबाट पुरीको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो ।




Comments