आँप टिप्दा करेन्ट लागेर वृद्धाको मृत्यु





२८ जेठ, मोरङ।
मोरङको पथरीमा बुधबार हावाहुरीले ढालेको रुखको हाँगामा आँप टिप्न खोज्दा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ।
हावाहुरीले भाँचेको रुखको हाँगाबाट आँप टिप्ने क्रममा बिजुलीको तार छुँदा पथरी ७ की ७० वर्षिया लिला माया पाख्रिनको मृत्यु भएको हो। उनको घर नजिकै बुधबार दिउँसो आँपको हाँगासँगै बिजुलीको तार लत्रेको थियो। सोही तारबाट हाँगा छुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।




Comments