सभासद गिरीद्वारा अन्य दलका नेतासँग अन्तरकृया




१ असार, दमक।
झापा क्षेत्र नम्वर ४ का सभासद प्रेम गिरीले मंगलवार कन्काई नगरपालिकामा रहेका ३ राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग स्थानिय बिकास निर्माणको बिषयमा छलफल गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीका प्रमुख तथा प्रतिनिधिसँग बिकासका बिभिन्न बिषयमा सभासद गिरीले अन्तरक्रिया गरेका हुन्। लोकतान्त्रिक पार्टीका जिल्ला सचिव खड्गनारायण राजवंशी, जनमुक्ति पार्टीका जिल्ला सदस्य धन बहादुर तामाङ र सद्भावना पार्टीका जिल्ला सदस्य शेषराज राजवंशीसंग गिरीले भेटघाट गरी स्थानीय निकायको समस्या, योजना निर्माण प्रकृया, आलोचना र सुझावहरु लिएका छन् ।



नेकपा एमालेबाट टिकट पाएर प्रत्यक्षबाट निर्वाचित सभासद गिरीले संस्कारयुक्त राजनीति गर्न र दलगत राजनीतिबाट माथि उठेर अघि बढ्न अन्य राजनीतिक दलहरुसँग भेटघाट गरी नौलो कामको थालनी गरेको बताए।
सहभागी दलहरुमध्ये जनमुक्ति पार्टीका जिल्ला सदस्य तामाङले ठेक्का लगाएर गरिने निर्माणको अहिलेको काम गुणस्तर हिन भएकोले सार्वजानिक खरिद ऐन खारेज गर्नु पर्ने सुझाव दिएका छन् । तराई मधेस पार्टीका जिल्ला सचिव राजवंशीले जिल्लादेखि गाउँ तहसम्म सरकारले छुट्याएको लक्षित वर्गको बजेट उनीहरुको आर्थिक र सामाजिक स्तर उकास्ने कार्यक्रममा खर्च नगरी तोकिएको शिर्षकाभन्दा बाहिर पूर्वाधार निर्माणमा खर्च गरेकोप्रति गुनासो गरे। त्यसैगरी सद्भावनाका जिल्ला सदस्य शेषराजले आदिवासी राजवंशीहरुको मृत्यु संस्कार गर्दा समाधि स्थलको समस्या भएको हुदा त्यस स्थलको ब्यवस्था गरिदिन सभासद गिरीसँग आग्रह गरे।
नदी नियन्त्रण, विद्युत, सिँचाई, सञ्चार लगायतका बिकास निर्माणका योजना कन्काई क्षेत्रमा पार्न सहभागीहरुले माग गरेको बताइएको छ ।
यसअघि बुधवारे गाउँ कमिटी र शनिअर्जुन नगरपालिकाका दलहरुसँग गिरीले छलफल गरिसकेका छन् ।




Comments