भुकम्पमा मृत्यु भएकाहरुको सम्झनामा बृक्षारोपण



२७ जेठ, दमक।
गत बैशाख १२ र २९ गतेको भुकम्पका कारण मृत्यु भएकाहरुको सम्झनामा दमकमा आज बृक्षारोपण गरिएको छ । दमक नगरपालिकाको आयोजना तथा स्थानीय हम्सेदुम्से सामुदायिक वनको सहयोगमा बृहत वृक्षारोपण गरिएको हो । वन क्षेत्रको ६ हजार हेक्टर क्षेत्रफलमा ९ हजार बिरुवा रोपिएको जनाइएको छ । विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर वन क्षेत्रमा टिक, सक्रासी, सिरिस जातका बिरुवा रोपिएको थियो ।

बृक्षारोपण कार्यक्रममा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मिराकारम बिक्रम शाह, दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल लगायतको सहभागीता रहेको थियो ।


Comments