देशमा थप विपत्ति नआओस् भन्दै भूमि पूजा (भिडियो)



२५ जेठ, दमक।
प्राकृतिक प्रकोपबाट देशमा थप क्षति नहोस् भन्ने कामना गर्दै आज झापाको दमक १५ मा भूमि पूजा गरिएको छ ।
देशमा हालै आएको विनासकारी भूकम्प तथा त्यसपछिका पराकम्पहरूका कारण अव हुन सक्ने भूक्षय तथा पहिरो जस्ता विपत्तीहरू नेपाली जनताले सामना गर्नु नपरोस् भन्दै भूमि पूजा गरिएको हो ।
स्थानीय सामाजिक अगुवाहरूको अगुवाईमा स्वःस्फूर्त आयोजना गरिएको पूजामा दमक १५ स्थित शिवटोल विकास संस्था र यस आसपासका सर्वसाधारणहरूको सहभागिता रहेको थियो ।


स्थानीय शिव मन्दिरमा सम्पन्न पूजामा तीनजना ब्राम्हणहरूले वेद पाठ, पूजा तथा हवन गरेका स्थानीय सामाजिक अगुवा याम बहादुर अधिकारीले जानकारी दिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Comments