बजेट अभावले धरमपुरका अधिकांश योजना अधुरै





नगेन्द्र राई,
१३ असार, धरमपुर ।
आर्थिक अभावका कारण झापाको धरमपुर गाविसमा पर्ने निर्माणधीन डुडामारी पुल सम्पन्न हुन सकेको छैन ।
आर्थिक वर्ष २०७१/०७२ को कार्यक्रम सम्पन्न भई सक्दा पनि सो पुल निर्माण कार्य अधुरै रहेको छ।
गाविसको वडा नं ५ र ३ जोड्ने पुल निर्माण तीन वर्षअघि सुरु भएको हो ।
आर्थिक अभावले पूल निर्माण सम्पन्न हुन नसकेको गाविस सचिव पूर्णचन्द्र कुँवरले वताए। करोडौं रुपैयाँ लागत लाग्ने पुल निर्माणका लागि अहिलेसम्म २८ लाख रूपैयाँ खर्च भएको छ । संसद विकास कोषको यस अघिको आर्थिक वर्षसहितको खर्चले पिल्लरसम्म हाल्न सकिएको हो । यो पुल निर्माण सम्पन्न हुँदा गाविसका दुई विद्यालय मोती उच्च मावि र भानु माविका विद्यार्थी साथै गाविस कार्यालय रहेको मंगलवारे वजार र पारावारी वजारका हजारौं वासिन्दाहरुलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।



त्यसैगरी वजेट अभाव हुँदा गाविसको वार्ड नम्वर ७ मा पर्ने कमलखोला तटवन्ध निर्माण पनि अपुरो रहेको छ । केहीदिन अघि तटवन्ध निरीक्षण गर्न गएकी माननिय सभासद महेन्द्रकुमारी सुब्वाले निर्माणलाई सम्पन्न गर्ने आश्वसन दिएकी छिन्।
यसैवीच धरमपुरमा यस आर्थिक वर्षमा ठूला साना विकास निर्माण तथा समाजिक योजनाका कामहरु सम्पन्न भएका छन् । गाविस कार्यालयका प्राविधिक खेम दुलालले जनाए अनुसार ५७ वटा गाविस स्तरका, क्षेत्रीय विकास योजनाबाट २ वटा, सडक डिभिजनवाट १ वटा, संसद विकास कोषवाट ४ वटा काम सम्पन्न भएका हुन् ।
राष्ट्रिय योजना आयोगअन्तर्गत धरमपुर पाँचगाछी जोड्ने कमलखोलाको पुल भने सम्पन्न भैसकेको छ । आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने कामहरु सवै सम्पन्न भैसके पनि कतिपय ठुला विकासका काममा वजेट अभाव हुँदा निर्माण कार्य सम्पन्न हुन सकेका छैनन्। मंगलवारे पारावारी सडक उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीकान्त खनालका अनुसार धरमपुर गाविसमा उपभोक्ता साझेदारी कार्यक्रम लोकप्रिय भएको छ। त्यसैगरी धरमपुर मंगलवारे सडक उपभोक्ता समितिका अध्यक्ष चन्द्र खड्काले गाविसमा पिच वाटो नहुँदा स्थानिय जनतालाई असहज भएको वताए। पूर्वपश्चिम राजमार्गलाई छोएर फैलिएको धरमपुरमा अहिलेसम्म पिचलगायत अन्य सुविधाका साधन नहुँदा यहाँका जनता झापाली भनेर लज्जित हुनुपरेको खड्काले बताए।
गएको आर्थिक वर्षमा दुईसय मिटर पिच भएपनि यस वर्ष वजेट नहुँदा पिचबाटो लम्ब्याउन नसकेको उनले बताए। उनले आउँदो आर्थिक वर्षमा पिच वाटो निर्माण कार्यलाई जसरी पनि चालु गराउनु पर्ने वताए
फोटो - निर्माणाधिन डुडामारी पुल।



Comments