दमक ५ मा नागरिक मञ्च गठन



डिकेश लामा,
७ असार, बेलडाँगी।
झापाको दमक वडा नं. ५ मा नागरिक मञ्च गठन भएको छ।
सर्वसहमतिमा आज यहाँ नागरिक मञ्च गठन भएको हो।0
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेर विपन्न र पिछाडा बर्गका हीत र सामाजिक विकासका लागि मञ्च गठन भएको कार्यक्रमका सभापति तथा वडा सचिव माधव बस्नेतले बताए ।
मञ्चको संयोजकमा नविन बराल, सह-संयोजकमा पवन अधिकारी, सदस्यहरु नैनसिंह भण्डारी, नरहरि दहाल र सदस्य सचिवमा यशोदा ढकाल मनोनित भएका छन् ।
यसैगरी दलित, अपाङ्ग, जनजाति, महिला, बृद्धा, कृषक, बुद्धिजीवि, टोल विकासका प्रतिनिधिलाई प्रतिनिधित्व गर्दै अन्य १६ जना सदस्य मनोनित भएका छन् ।



नव गठित मञ्चले वडामा भएका अति विपन्न र पिछाडा बर्गको पहिचानका लागि ३ वटा क्षेत्र समेत विभाजन गरिसकेको कार्यक्रमका सहजकर्ता सामाजिक सचेतना विकास समूहका कार्यक्रम अधिकृत कुमार श्रेष्ठले बताए ।
समूहले वडा नं. ६ बाहेक वडा नं. १ देखि १० सम्म मञ्च गठन गरि सकेको समूहका संयोजक श्याम सापकोटाले जानकारी दिए । यता वडा नं. १२ बाहेक ११ देखि १९ वडा मा मञ्च गठन तथा ६ वटा वडामा विपन्न तथा पिछाडा बर्गका लागि सचेतना केन्द्र समेत गठन भइसकेको गठन कार्यक्रम सहजिकरण गर्दै आएको चन्द्रसूर्य शीप विकास संस्थाका विष्णु अधिकारीले जानकारी दिए ।
मञ्च गठन र सचेतना केन्द्र स्थापनाले समाजमा सवैको अधिकार र विकासमा सहभागिता हुने स्थानीय स्वयात्त ऐन २०५५ को दफा २३६ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी निर्माण गरिएको सामाजिक परिचालन कार्यविधि २०७१ को लक्ष्य रहेको नेपाल सरकारको विनियममा उल्लेख गरिएको छ ।


Comments