तामाङ समाज गठन




३ असार, बेलडाँगी।
तामाङ जातिको एकता र विकासका लागि आज दमक वडा नं. ५ मा तामाङ विकास एकता समाज गठन भएको छ ।
डिकेश लामाको संयोजकत्वमा समाजको ९ सदस्यीय तदर्थ समिति गठन भएको हो । जातिको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पुर्‍याउन समाजको निर्माण गरिएको बताइएको छ।
समाजलाई थप विकास गर्न नेपाल तामाङ घेदुङ संघले विशेष सहयोग गर्ने निर्णय भएको वडा कमिटी अध्यक्ष सुकवीर तामाङले बताए।
समाजको उपसंयोजकमा याम ब. स्याङदान, महासचिवमा दिलबहादुर तामाङ, सचिवमा कैलाश तामाङ लगायत ४ जना सदस्य रहेका छन् ।






Comments