बच्चा जन्माई घाँटी थिचेर मार्ने महिला पक्राउ




७ असार, दमक।
परपुरूषसँगको अवैध सम्वन्धबाट जन्मिएको बच्चालाई मारेको अभियोगमा प्रहरीले झापाको दमक १५ बाट एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने खोटाङ घर भई हाल दमक १५ मा बस्दै आएकी पूजा विक हुन् ।
उनले गएराति बच्चा (छोरा) जन्माई थिचेर हत्या गरी सेफ्टी ट्यांकीमा छिराउने कोशीस गरे पनि बालकको शव त्यहीं अड्किएको छिमेकीले देखेपछि प्रहरीलाई खवर गरेका थिए।

घटनासम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।


Comments