दुई साहित्यीक संस्था एकीकृत




३० जेठ, दमक।
झापाको धरमपुरमा रहेका नवरङ्ग साहित्यिक प्रतिष्ठान र धर्नासो साहित्यिक प्रतिष्ठान एकीकृत भएका छन् । आज ती दुई प्रतिष्ठानको सम्पन्न भेलाले संस्थालाई सशक्त वनाउन बनाउन प्रतिष्ठान एकीकृत गरेका हुन् ।
दुवै साहित्यक प्रतिष्ठानको मूल्य र मान्यतालाई आत्मसात् गर्दै साझा संस्थाका रुपमा नै "नवनासो" साहित्यक प्रतिष्ठान नामाकरण गरिएको छ।
एउटै गाविसमा एकै प्रकृतिका दुई संस्थाहरु सञ्चालनमा आउँदा स्रोत साधनको अभाव र साहित्यिक गतिविधीमा कमी महशुस समेत गरिएको थियो ।
भेलाले दिलिप घिमिरेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत रुपमा चयन गरेको छ । गठित समितिको उपाध्यक्षद्वय टंक न्यौपाने र एनबी दाहाल, महासचिवमा तेजेन्द्र घिमिरे, सचिवमा हरिमाया दुलाल र कोषाध्यक्षमा अनु न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यहरुमा भोला कोइराला, कुमार शंकर, सेलिङ के.सी., सरीना चेम्जोङ र बिजय कुमार दङ्गाल रहेका छन्।









Comments