पशु सेवा कार्यालयलाई जग्गादान




५ असार, दमक।
झापाको गौरादहस्थित पशुसेवाको कार्यालय भवन निर्माणका लागि स्थानीययहरुले लाखौं रूपैयाँ मूल्यका जग्गा सामूहिक रुपमा प्रदान गरेका छन् ।
कार्यालयको भवन निर्माणका लागि गौरादह- ३ स्थित हेल्थपोष्ट लाइनको करिब १५ लाख रूपैयाँ मूल्य वरावरको १ कठ्ठा ३ धुर जग्गा स्थानीयहरुले प्रदान गरेका हुन् । सो जग्गा प्रदान गर्ने जग्गादाताहरुमा स्थानीय खगेन्द्र थापा, रोहितकुमार शाह, फागुलाल शाह, भिम वहादुर कुँवर, हस्तवीर चौहान रहेका छन् ।



गौरादहमा हाल सो कार्यालय एउटा भाडाको घरमा सञ्चालन हुँदै आएको केन्द्रका प्रमुख लक्ष्मी बाँस्कोटाले जानकारी दिए।
लामो समयदेखि जग्गा अभावसँगै केन्द्रको आफ्नै भवन निर्माण हुन नसक्दा कार्यालयले प्रदान गर्ने सेवा सुविधाहरु सहज ढंगले सञ्चालन गर्न समस्या हुने गरेको बाँस्कोटाले जानकारी दिए।
केन्द्रको भवन निर्माणका लागि प्राप्त सो जग्गामा आर्थिक वर्ष ०७२/७३ भित्रमा कार्यालय भवनको निर्माण गरिने जनाइएको छ ।








Comments