प्रवेशिका परीक्षामा ४७ भुटानी शरणार्थी पास

४ असार, दमक।
पूर्वमा शरणागत भुटानी शरणार्थी शिविरबाट यस वर्षको प्रवेशिका परीक्षामा ४७ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
एसएलसीको परीक्षा लेखेका दुईसय १ भुटानी शरणार्थी परीक्षार्थीमध्ये चारजना प्रथम श्रेणीसहित ४७ जना उत्तीर्ण भएका छन् । शरणार्थी शैक्षिक सहायता संस्था कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलका अनुसार उत्तीर्णमध्ये ३५जना द्धितीय र आठजना तृतीया श्रेणीमा उत्तीर्ण भएका छन् । नेपालमा शरणागत भुटानी विद्यार्थीहरु सन् १९९२ देखि नेपालको परीक्षा बोर्डको एसएलसी परीक्षामा सामेल हुँदै आएका छन् ।



यसैगरी दमकको सिद्धार्थ बोर्डिङ स्कुलका एकसय १८ परीक्षार्थीमध्ये ३१ बिशिष्ट र ८७ प्रथम श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भएका छन् । यसैगरी चुलाचुली आवासीय माबिका ८७ परीक्षार्थीमध्ये सबै उत्तीर्ण भएका छन् । प्रिन्सिपल चन्द्रप्रकाश राईका अनुसार उत्तीर्ण १२ बिशिष्ट, ५७ प्रथम र १८ द्वितीय श्रेणी रहेका छन् ।
त्यस्तै दमक-१९ को सिंहदेवी माविका १५ परीक्षार्थी उत्तीर्ण भाएका छन् । २६ परीक्षार्थीमध्ये पाँचजनाले प्रथम श्रेणी र दशजनाले द्वितीय श्रेणी हासिल गरेका छन् ।
यसैगरी दमक १५को पाणिनी माविका ५६ परीक्षार्थीमध्ये तीन जना प्रथम र १८ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । पशुपति संस्कृत मावि दमक १३ का १८ परीक्षार्थीमध्ये द्वितीय श्रेणी ४ र तृतीय श्रेणी दुईसहित ६ उत्तीर्ण भएका छन् ।
ढुकुरपानीका ४८ परीक्षार्थीमध्ये सातजना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । यसैगरी २४ जना द्वितीय र चारजना तृतीय श्रेणीमा उत्तीर्ण भएको प्राचार्य लिलाप्रसाद खनालले बताएका छन् ।
लखनपुरको मंगलमय उच्च माबिका ८८ परीक्षार्थी मध्ये ४०जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये एकजना बिशिष्ट, १८ प्रथम, १९ द्वितीय र दुईजना तृतीय श्रेणीमा उत्तीर्ण भएको प्राचार्य ओम नारायण खनालले बताए। यसैगरी लखनपुरकै बाणी उच्च माबिका ६३ परीक्षार्थी मध्ये २७ जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये दश प्रथम, १६ जना दोस्रो र एकजना तेस्रो श्रेणी रहेको प्राचार्य तिर्थराज थापाले जानकारी दिए।


यस बर्षको एसएलसीमा झापा जिल्लाबाट १२ हजार १सय ७ जना परीक्षार्थी सहभागी भएमध्ये कुल ६ हजार ८ सय ४३ जना परीक्षार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । विशिष्ट श्रेणीमा ४ सय ९१ जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिएका छन् ।
प्रथम श्रेणीमा ३ हजार ६ सय ६८ जना , दोस्रो श्रेणीमा २ हजार ५ सय ३९ जना र तेस्रो श्रेणीमा १ सय ४५ जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
गत चैतमा भएको एसएलसी परीक्षामा मुलुक भरीबाट नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।





Comments