चारवटा नगरपालिकामा सूचनाको हकका लागि नागरिक संजाल गठन





७ असार, विर्तामोड।
सूचनाको हकका लागि नागरिक अभियान काठमाण्डौको संयोजन, राष्ट्रिय सूचना आयोगसंगको सहकार्य र आइडीएफ नेपालको आयोजनामा झापाका चारवटा नगरपालिकाहरुमा सूचनाको हकको ब्यवहारिक प्रयोग र उपयोगिताका विषयमा अभिमुखिकरण गोष्ठि तथा नागरिक संजाल निर्माण कार्य सम्पन्न गरिएको छ । सूचनाको हकका अभियन्ता विष्णु खरेलले जानकारी दिएअनुसार शिवसतासी नगरपालिकामा श्री गोबिन्द काफ्लेको संयोजकत्वमा २५ सदस्यीय नागरिक संजाल गठन गरिएको छ भने विर्तामोड नगरपालिकामा निर्मला नेपालको संयोजकत्वमा २१ सदस्यीय, कनकाई नगरपालिकामा भुपालमान कार्कीको संयोजकत्वमा २७ सदस्यीय र शनिअर्जुन नगरपालिकामा हेमराज खरेलको संयोजकत्वमा ३१ सदस्यीय सूचनाको हकका लागि नागरिक संजाल गठन गरिएको छ ।



उक्त कार्यक्रमहरुमा समाजसेवी नारायण बजगाईं, उमा शिवाकोटी, रमेश श्रेष्ठ र मोहन काफ्लेले शुभकामना ब्यक्त गरेका थिए। समुदायिक अध्ययन केन्द्र सतासिधाम, न्यु रेलिमाई युवा क्लब सुरुंगा र स्थानीय समाजसेवीहरुले संयोजन गरेको कार्यक्रमहरुमा सूचनाको हकका अभियन्ता बिष्णु खरेलले सहजीकरण गरेका थिए भने युथ एक्सन झापाका संयोजक तथा अधिकारकर्मी दिपक दासले कार्यक्रम संचालन गरेका थिए।
चारवटा नगरपालिकाहरुमा तयार भएका संजालहरुले यस क्षेत्रमा सूचनाको हकको संरक्षण, प्रबर्द्धन र प्रयोगमा सहयोग पुग्ने आयोजक संस्थाले बिश्वास लिएको वताइएको छ ।




Comments