चियादोकानबाट बगान हुँदै औद्योगिक क्षेत्र जोड्ने सडक बन्ने




४ असार, दमक।
झापाको दमक-१९ मा सञ्चालन हुन लागेको औद्योगिक करिडोर जोड्ने सडक निर्माण हुनेभएको छ ।
दमक नगरपालिकाको अति नै महत्वका रुपमा रहेको सो औद्योगिक करिडोर (आर्थिक विकास क्षेत्र) सम्म जोड्नका लागि करिव १० किलोमिटर सडकको निर्माण हुने भएको हो ।
दमकको बडानम्बर १९ मा करिब ५ सय विगाह क्षेत्रफलमा सञ्चालनमा आउन लागेको सो करिडोरको पूर्वाधार विकासका लागि उद्योग मन्त्रालयमार्फत पहिलो चरणमा यसै आर्थिक वर्षाट २ करोड रुपैयाँ विनियोजन भएको झापा क्षेत्र नम्बर ६ का सभासद दिपक कार्कीले जानकारी दिए।



सो क्षेत्रको पूर्वाधार विकासका लागि सो बजेटबाट पहिलो चरणमा दमक- १५ स्थित चियादोकान चोकदेखि १९ नम्बरको जदाहसम्मको करिब १० किलोमिटर सडक निर्माणको काम हुने जनाइएको छ । पहिलो चरणमा विनियोजित बजेटबाट चौडा गरेर कालोपत्रे गरिने सभासद् कार्कीले जानकारी दिए।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले सडक कालोपत्रेका लागि वजेट छुट्टिएको र चाँडै काम थालनी हुने बताए। उनले औद्योगिक करिडोरसम्म सहज रुपमा आवतजावत गर्न चियादोकान हुँदै करिडोरसम्म पुग्ने सडक कालोपत्रेसहितको स्तरोन्नति हुने जनाए।





Comments