'मेरो स्कूल' लिएर दमक आए बान्द्रे



दमक।
नेपाली टेलिशृङ्खला र नेपाली चलचित्र जगतका हाँस्य कलाकार सुरज चापागाईं अर्थात बान्द्रे आफुले निर्देशन गरेको बाल मनोविज्ञानमा आधारित चलचित्र 'मेरो स्कुल'को प्रमोसनको क्रममा सोमबार दमक-१३ स्थित एलाईड अंग्रेजी माविमा आएका थिए । उनले बालबालिकाको रुची र भावना दर्शाएर बनाइएको चलचित्र 'मेरो स्कुल' सम्पूर्ण बालबालिका, शिक्षक/शिक्षिका र अभिभावकले हेर्नै पर्ने चलचित्र रहेको बताए । उनले भने, 'मेरो स्कुल एक हाँस्य र बालबालिकाहरुले हेर्नै पर्ने खुराकले भरिपूर्ण रहेको चलचित्र हो।' सो अवसरमा उनले फिल्म हेरेर सोधिएका प्रश्नका उत्तर दिने बालबालिकालाई १ लाख रुपैयाँ दिने जानकारी दिए । त्यस क्रममा बान्द्रेले आफ्ना प्रस्तुतिसमेत दिएर मनोरञ्जन प्रदान गरेका थिए ।




अहिले उनी झापा र मोरङ्गका विभिन्न बिद्यालयमा गएर आफ्नो चलचित्रको प्रमोसनमा व्यस्त छन् ।




Comments