विजुली नहुँदा एक सातादेखि गाउँ अन्धकार, रोपाईं प्रभावित हुन सक्ने




७ असार, दमक।
दक्षिणी झापाको कोहवरा-१ मा विद्युत ट्रान्समिटर पडि्कएपछि मर्मत नगरिँदा करिव दुई सय घर परिवार एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । ट्रान्समिटर समयमै मर्मत नगरिँदा ती क्षेत्रका बासिन्दाहरु टुकी वाल्न बाध्य भएका छन् ।
ग्रामीण भेगको सो बस्तीमा विद्युत सेवा अवरुद्ध हुँदा चोरी, लुटपाट जस्ता आपराधिक घट्नाको जोखिम बढ्नुका साथै सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको हो ।

स्थानीय उपभोक्ता राजकुमार श्रेष्ठका अनुसार बर्खायाम लाग्नेवित्तिकै विजुली सेवा अवरुद्ध हुँदा सिचाई.का लागि प्रयोगमा ल्याइएका बिद्युतीय मोटरमा खिया लाग्न थालेको छ भने सिचाईँ अभावमा किसानहरुले समस्या झेल्नु परेको छ । सिचाईंका लागि नहर, कुलो, पैनीको समेत व्यवस्था नभएको सो क्षेत्रका किसानहरुले बिद्युत उपयोग गरेर नै मोटर सञ्चालन गर्ने गरेकोमा सेवा अवरुद्ध भएपछि मार परेको श्रेष्ठ दुखेसो पोख्छन्। उनले गाउँको यो समस्या सुल्झाउन नेपाल विद्युत प्राधिकरणसँग पटक पटक गुहार मागेपनि अहिलेसम्म सुनुवाई हुन नसकेको बताए।



Comments