दुर्घटनामा नावालकसहित दुईको मृत्यु



१ असार, मोरङ।
मोरङको पथरीशनिश्चरे र केराबारीमा भएका दुर्घटनामा एक नावालकसहित दुई जनाको ज्यान गएको छ।
सोमबार साँझ ५ बजेतिर पथरी-शनिश्चरे-१५ मा ट्याक्टरले किचेर स्थानीय यादव विश्वकर्माको १५ महिनाको छोरा झनकको मृत्यु भएको हो।
बिश्वकर्माकै घर अगाडीबाट बालुबा बोकेर गइरहेको को २ त १९३६ नम्बरको ट्रयाक्टरले उनको छोरालाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापश्चात ट्रयाक्टरका चालक फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।





उता केराबारी २ स्थित शिवम् क्रशर उधोगमा एक टिपरको ट्रलीले थिचेर सहचालकको मृत्यु भएको छ।
ना ३ ख २२६८ नम्बरको ट्रिपरको ट्रली उठाएर हाइड्रोलिक सिस्टम सफा गर्नेक्रममा सोही ट्रिपरका सहचालक सुनसरी इनरुवा नगरपालिका १ बस्ने ४१ वर्षिय सफुर आलमको मृत्यु भएको हो।
सोमबार साँझ ६ बजेतिर चालक नभएको अवस्थामा आलमले टिपरको ट्रली उठाई हाइड्रोलिक सिस्टम सफा गर्न खोज्दा उनीमाथि नै उक्त ट्रली खसेर थिच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


Comments