झापाका दर्जन बढीले एमाओवादी छाडे



१३ असार, बिर्तामोड।
एमाओवादी झापाका दर्जन बढी कार्यकर्ताले आज आइतबार सामूहिक रूपमा पार्टी छोडेको घोषणा गरेका छन् ।
बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले पार्टी छोडेको घोषणा गरेका हुन् । २०६३ अघिका सहयोगी र शान्ति प्रक्रियापछि बुद्धिजिवी संगठनमा संगठित यज्ञराज प्रसाईंको संयोजकत्वमा उनीहरुले बामपन्थी एकता मञ्च नेपालको नाम दिँदै नयाँ फोरमको घोषणा गरेका छन् ।



सो मञ्चमा भोजराज दाहाल, कृष्ण बिमली, सूर्य उप्रेती, प्रेम बहादुर लिम्बु, केशब सापकोटा, गंगाराज प्रसाईं, जगन्नाथ भट्टराई, गणेश कार्की, तेज प्रसाईं, जनार्दन उप्रेती, नरेन्द्र अधिकारी, डिपी कट्टेल, पुष्प ओझा, टिकाराम लुइँटेल, तीर्थराज खरेललगायत रहेका छन् ।
पार्टी छोड्ने समूहले जारी गरेको अपिलमा युद्धकालीन कार्यकर्ताका मात्र क्रान्तिकारी र सर्वहारावादी, अरु सबै अवसरवादी र जनबिरोधी देख्ने प्रवृति नेतृत्वमा रहेको भन्दै नेतृत्वको संकुचित सोचका कारण पार्टीमा बस्न नसकिएको उल्लेख छ ।




Comments