उर्लाबारीमा 'बालिका बलात्कार, कानून र सञ्चारमाध्यम बिषयक' तालिम सम्पन्न




३० जेठ, उर्लाबारी ।
पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि शनिबार मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको आयोजनामा 'बालिका बलात्कार, कानून र सञ्चारमाध्यम बिषयक' एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले खोज र सिर्जनशील पत्रकारिता गर्न सञ्चारकर्मीलाई सुझाव दिँदै पूर्वी मोरङका सबै पत्रकारलाई सञ्चार क्लबको छातामूनी एकताबद्ध हुन आग्रह गरे । उनले समाज रुपान्तरणमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्दैआएको उल्लेख गर्दै नगरपालिकाले व्यावसायिक पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारलाई पुरस्कृत गर्ने बताए । सञ्चार माध्यमको विकासले समाज रुपान्तरणमा सहयोग पुर्‍याउने उल्लेख गर्दै उनले पत्रकारिता सत्य र तथ्य हुनुपर्नेमा जोड दिए ।





स्थानीय समाजसेवी तथा सञ्चार क्लबले बितरण गर्ने लिला-गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक जयधर्म आचार्यले पत्रकारिताको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
सञ्चार क्लबका संस्थापक अध्यक्ष डिपि खतिवडाले २०६० सालदेखि पूर्वी मोरङका पत्रकारहरुको क्षमता विकासको लागि सञ्चार क्लबले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे । स्थानीय स्तरका विकास निर्माणदेखि समाजमा भइरहेका गतिबिधीहरुलाई स्थानीय सञ्चारमाध्यमले प्राथमिकता साथ उठान गरिरहेको उनको भनाई थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक जीवनकुमार मैनालीले प्रहरीले बालिका बलात्कार जस्तो जघन्य अपराधमा शुल्य सहनशीलता अपनाएर अपराधीलाई कानून बमोजिम सजाय दिलाउन भूमिका निर्वाह गर्दैर्आएको बताए ।
क्लबका अध्यक्ष रूपेन्द्र शेर्माको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, महासचिव अर्जुन राजवंशीलगायतले बोलेका थिए ।
कार्यक्रममा अधिवक्ता डम्बर मगर र मानवअधिकारवादी तथा अधिवक्ता लक्ष्मी निरौलाले सहजीकरण गरेका थिए ।






Comments