भुकम्पपीडितको छाप्रा बनाउँदै भुटानी शरणार्थी



दमक।
भुकम्पबाट घर भत्किएका रामेछापका ३० परिवारलाई अस्थायी टहरा बनाउन भुटानी शरणार्थी युवाहरु सक्रिय रुपमा खटिएका छन् ।
शरणार्थी स्वयंसेवक संलग्न एक टोलीले रामेछाप सदरमुकामको साउने भन्ने गाउँको नेवार बस्तीका सबै २२ घरका परिवारलाई र सदरमुकामकै अन्य क्षेत्रमा त्यस्ता सातवटा अस्थायी छाप्रा निर्माण गरिरहेका छन् ।
मंगलवार रामेछाप पुगेको १४ जना भुटानी शरणार्थी स्वयंसेवकको टोलीले स्थानीय क्षेत्रमा उपलब्ध बाँसबाट छाप्रा बनाइरहेको शरणार्थीसम्वन्धी राष्ट्रसंघीय उच्चायोगको दमकस्थित कार्यालयले जनाएको छ ।
शरणार्थी शिविरका जस्तै अस्थायी छाप्रा बनाउन चाहिने फलामको काँटी, तार र प्लास्टिक आयोगले उपलब्ध गराएको आयोगका बाह्यसम्बन्ध सहायक दिप उप्रेतीले बताएका छन् ।

तस्वीर - छाप्रा बनाउदै भुटानी शरणार्थीहरु



Comments