एकसाथ दुई म्यूजिक भिडियो ल्याउँदै किरण




सन्तोष राई ।
पूर्वाञ्चलको सुन्दर नगरी धरानमा गायक किरण लिम्बूको गीतहरुको छायाँकन सम्पन्न भएको छ । नयनभरि ... र मस्की मस्की ...बोलको गीतहरुको छायाँकन बुधबार र विहिबार खिचिएको हो ।
उक्त दुवै म्यूजिक भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् भने अहिलेका टिनएजरको ढुकढुकी बन्न सफल चल्तीका मोडल पल शाहले यसमा जीवन्त अभिनय गरेका छन् । पललाई मोडल निशा इम्बुङले साथ दिएकी छिन् । उक्त म्यूजिक भिडियो धरानको मुनाल चोक, घोपा क्याम्प लगायतका स्थानमा ज्ञानेन्द्र शर्माले खिचेका हुन् । म्यूजिक भिडियो असारको पहिलो साता प्रिमियर हुने गायक किरण लिम्बूले जानकारी दिए ।



Comments