नेपाललाई सम्झदै शरणार्थी दिवश



डिकेश लामा,
५ असार, बेलडाँगी।
नेपालका लागि प्रार्थना गर भन्ने मुल नाराका साथ मृतक र पीडितका नाममा दीप प्रज्ज्वलन गरी आज भूटानी शरणार्थी शिविर वेलडाँगीमा शरणार्थी दिवश मनाइएको छ ।
विश्वमा भएका शरणार्थीहरुले भोग्नु परेको सुख दुःखका कुराहरुलाई सम्झदै शरणार्थी दिवश मनाइने भए पनि यो बर्ष नेपालमा परेको प्राकृतिक विपत्तीप्रति भूटानी शरणार्थीहरुले शोक तथा दुःख व्यक्त गर्दै कार्यक्रम गरेको कार्यक्रममा प्रमुख अतिथि शिविर सुपरिवेक्षक यज्ञ निरौलाले बताए।


कार्यक्रमका विशिष्ट अतिथि शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग दमक कार्यालयका प्रमुख सिन्जो कोबुले शरणार्थी दिवशको बारेमा बोलेका थिए। कार्यक्रममा सामुदायिक सञ्जालका संयोजक नैनसिंह भण्डारी, सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर भट्टराई, यूएनएचसीआर, लुथरन विश्व फेडरेशन, टिपीओ नेपाल लगायत शरणार्थी सम्बन्धी दातृ निकायहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । शिविर सचिव सन्चहाङ्ग सुव्बाको सभापतित्वमा भएको कार्यक्रममा भूटानबाट शरणार्थी बनेर भोग्नु परेको पीडासम्बन्धी यूवा मैत्री केन्द्रका संयोजक खाओतहाङ्ग सुव्बाले निर्देशन गरेको नाटक र डुक्पा समूदायबाट जोङ्खा नृत्यसमेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा करिव ५ दर्जन जति दर्ताबाट छुट भएका शरणार्थीहरुले शरणार्थी दर्ता शीघ्र गर्न समेत व्यानर टाँगेर माग गरेका थिए ।

फोटो - शरणार्थी दिवसका अवसरमा आयोजित कार्यक्रम स्थलमा शरणार्थी दर्ताको मागसहित धर्नामा बसेका दर्ता छुट भएका भनिएका शरणार्थीहरू । (फोटो - विष्णु सुब्बा)



Comments