जिविस टोलीद्वारा झापा ७ का निर्माणाधीन योजनाहरूको अनुगमन




१ असार, दमक।
जिल्ला बिकास समितिले आज झापाको क्षेत्र नम्वर ७ मा चालु आर्थिक वर्षामा निर्माण भइरहेका योजनाहरुको अनुगमन गरेको छ ।
जिविस टोलीले दमक नगरपालिका, लखनपुर र धरमपुर गाविसमा निर्माण भइरहेकन एक दर्जन बढी योजनाहरुको अनुगमन गरेको हो ।
दमक ६ स्थित ढुकुरपानीको कालोपत्रे सडक, वडानम्वर ११ को पशुपति सदन, वडा नम्वर १५ को रत्नकुमार वान्तवा स्मृति भवन र दमक १९ को मावा खोलामा निर्माण भइरहेको पुलको अनुगमन गरेको अनुगमनमा सहभागी पत्रकार महासंघ झापाका सहसचिव गोपाल झापालीले जानकारी दिए।



त्यसैगरी लखनपुर गाविसको घेरावारा, लखनपुरकै गेउरिया पुल, वडानम्वर ८ को रङपुर माविको भवन र हिमाली मार्गको स्तरउन्नति आदिको झापाका स्थानिय बिकास अधिकारी फडिन्द्र दाहालको नेतृत्वमा आएको अनुगमन टोलीले योजनाहरुको निरीक्षण गरेको छ ।
तोपागाछीका ३ वटा र धरमपुरका २ वटा योजना अनुगमन गरेको झापा क्षेत्र नम्वर ७का सभासद तथा एमाले अध्यक्ष केपी ओलीका प्रतिनिधि होम बहादुर थापाले जानकारी दिए। अनुगमनमा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, सांसद प्रतिनिधि थापा, एमाओवादी जिल्ला सदस्य बम बहादुर कार्की लगायतका राजनीतिक दलहरुका प्रतिनिधिहरु सहभागी थिए।









Comments