दमक चिसोपानी रवि सडकका प्रतिनिधिले प्रधानमन्त्री भेटे



१ असार, काठमाण्डौ।
प्रधानमन्त्री सुशील कोइरालासँग दमक चिसोपानी रवि (फाल्गुनन्द मार्ग) सडक उपभोक्ता समिति र झापा, इलाम र पाँचथरका सभासदहरुलगायत दलीय प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान भएको सो भेटमा उपभोक्ता समितिको तर्फबाट अध्यक्ष गगन पुरीले फाल्गुनन्द मार्ग आजभन्दा २३ बर्ष अगाडि निर्माण शुरु भएपनि हालसम्म जस्ताको त्यस्तै रहेकोले यो बाटो निर्माणमा सरकारको ध्यानाकर्षण गरेका छन् । सो क्रममा अध्यक्ष पुरीले प्रधानमन्त्रीसमक्ष एक ज्ञापन पत्र पेश गरेका थिए ।





करिब १५ लाख जनताहरु प्रत्यक्ष लाभान्वित हुने सो बाटो ४७ किलोमिटर रहेको र यसले मेची अञ्चलको सबै जिल्लालाई छुने हुँदा भारतको फत्तेपुर हुँदै झापाको गौरीगञ्ज र चीनको घाङ्लासम्म जोड्ने भएकोले विशेष गरी झापा, पाँचथर, इलामको ३३ वटा गाविस, एक नगरपालिका, विभिन्न धार्मिक पर्यटकीय स्थलहरु, किरात धर्मको प्रमुख धार्मिक स्थल लारुम्बा माङ्सेबुङ् लगायत ठाउँहरुहरु सो बाटोमा पर्ने भएको हुँदा सो बाटोलाई चाँडोभन्दा चाँडो प्राथामिकता नं. १ मा नेपाल सरकारले राखेर बहुबर्षीय योजना अथवा रणनीतिक बनाई एउटा छुटै परियोजना बनाई बाटो निर्माण द्रुत गतिमा अगाडि बढाउन समितिले आग्रह गरेको छ । सोही भेटको क्रममा ताप्लेजुङ्मा गएको पहिरोले पिडितहरुलाई गाँस, बास र कपासको व्यवस्था तुरून्त गर्न सरकारको ध्यानाकर्षण गरिएकोगरिएक छ।
भेटको क्रममा प्रधानमन्त्री कोइरालाले यस बाटो निर्माणमा भएको ढिलाईप्रति अत्यन्तै दुःख व्यक्त गर्दै आगामी बर्ष सबै विभागहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक डिभिजन लगायतको निकायहरुसँग तुरुन्तै सम्पर्क गरी बाटोलाई आगामी बर्ष कुनै पनि हालतमा बहुबर्षीय योजनामा पार्न निर्देशन दिए।

झापा, इलाम र पाँचथर जिल्लाका सभासदहरु केशव कुमार बुढाथोकी, भिष्मराज आङ्देम्बे, दिपक कार्की, श्रीजवेगु, राम कार्की, मोहन टुडु, त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी, पूर्व उपाध्यक्ष लोक बहादुर धिमाल, वर्तमान उपाध्यक्ष विनोद नेम्बाङ्, सचिव दिल कुमार लावती, महिला सचिव लिलादेवी दाहाल, सदस्यहरु केन्द्र प्रसाई, विमल अधिकारीका साथै अन्य दलीय प्रतिनिधिहरु झलकसिंह दर्लामी मगर, धर्मशीला चापागाईं, हरि भण्डारी, रुद्र गौतम, सिताराम अधिकारी, सि.पी. कडरिया, डा. नगेन्द्र भट्टराई, दिपक दुलाल, दिपक खतिवडा, दमक काठमाण्डौं सरोकार मञ्चका गोपाल चुँडाल, विष्णुमाया साङ्पाङ, अविनाश तामाङ, विरेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेट गरेका थिए ।




Comments