होटलको आवरणमा यौनधन्दा चलाउनेहरू धमाधम समातिँदै



१२ असार, बिर्तामोड।
युवतीहरू होटलमा राखेर यौनधन्दा सञ्चालन गर्ने सञ्चालक झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सम्झौता होटलका सञ्चालक अभिमान लिम्बू रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनलाई प्रहरीले गोप्य सूचनाका आधारमा होटलबाट ३ जना युवतीसहित आज अपरान्ह पक्राउ गरेको बताइएको छ । पक्राउ परेका लिम्बूले विगत लामो समयदेखि होटलमा युवती राखेर यौनजन्य गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।


यस्तै बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित ताप्लेजुङ-मनकामना होटलबाट धनकुटा, धादिङ, काभ्रे र दोलखाका ४ जना युवतीलाई पनि प्रहरीले यौनजन्य गतिविधिमा संलग्न रहेको जनाउँदै पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको डिएसपी सञ्जयवहादुर राउतले जानकारी दिए। होटल सञ्चालक राम राजवंशी प्रहरीलाई देखेलगत्तै फरार रहेकाले उनको समेत खोजीकार्य भइरहेको डीएसपी राउतले बताए।
प्रहरीले विहीबार मात्रै बिर्तामोडमा सञ्चालित होटलबाट यौनजन्य गतिविधिमा सम्लग्न आठ जोडी सहित २४ जनालाई नियन्त्रणमा लिएको थियो।



Comments