ए सरकार...........!!!!!!!!



बिदेश भ्रमण मात्रै होइन गाउँघर चारेर देखा
गरीबका झुपडीमा राशन पानी झारेर देखा।

श्रोत साधन पनि कर्मचारी र नेताकै पेवा भो
सक्छौ भने जनताको आँगनमा सारेर देखा।

दुई छाक टार्न धौधौ परिराको छ बस्तीहरुमा
पाँचतारे होटलको खर्च कुनाकाप्चामा पारेर देखा।


युवाजति लखेटेर अरबमा शरणार्थी बनायो
बिदेश जान नदिइ आफ्नै देशमा मै नारेर देखा।

जलश्रोत र जडिबुटी बिनाकाम नै खेर गइरा'छ
सदुपयोग गरि देशलाई बिकासमा खारेर देखा।

सुस्ता कालापानी लिपुलेक दुश्मनले धावा बोले
चारैतिर सिमानामा काँडेतारले बारेर देखा।

अनुदान र भिक्षा मागेर कति दिन चलाउँछौ
आफ्नै बलबुतामा राष्ट्रको खर्च टारेर देखा।


शंकर सुबेदी
मोरङ उर्लाबारी



Comments