यातायात व्यवसायीद्वारा सडक अवरुद्ध





२८ जेठ,दमक।
सडक स्तरोन्नतीको माग गर्दै झापाको दूधे -शिवगञ्ज सडक खण्डमा यातायात व्यवसायीहरुले सडक अवरुद्ध गराएका छन् । दूधेबाट शिवगञ्ज बजारसम्मको सडकको मर्मत सम्भार नहुँदा सडक जीर्ण बन्दै गएपनि सरोकारवाला निकायले सडक मर्मत संभार गर्नेतर्फ चासो नदिएको भन्दै उनीहरूले हिजो साँझदेखि यातायात ठप्प पारेका हुन् ।
वर्षातको शुरुवातसँगै सडकमा भएका गहिरा खाल्डाहरुमा पानी जम्न थालेपछि यातायत व्यवसायीहरु आजित बन्दै आएका छन् । अहिले जोखिमको यात्रा गराउँदा दुर्घटना हुनसक्ने भएकाले सडक बनाउनु पर्ने माग राख्दै व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।


सो सडकमा बस, भेन, ट्रकलगायतका दैनिक एक सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्छन् । सो सडकमा गाडी सञ्चालन नभएपछि ती क्षेत्रका बासिन्दाहरु आवतजावत गर्न समस्या हुन थालेको छ ।



Comments