व्हीलचियर वितरण




८ असार, दमक।
अपाङ्गता भएका व्यक्तिहरुलाई मंगलवार दमकमा ह्वीलचियर वितरण गरिएको छ ।
दमक- १३ स्थित अपाङ्ख सहयोग दमक नगर समितिले आयोजना गरेको एक कार्यक्रमका बीच २७ थान ह्वीलचियर वितरण गरिएको हो। अपाङ्गता पूनर्स्थापना समाज काठमाण्डौ र दमक अपाङ्गता सहयोग समितिको समन्वयमा उक्त सहायता सामाग्रीरु बितरण गरिएको थियो । कार्यक्रममा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर प्रसाद बरालको प्रमुख आतिथ्यतामा रहेको थियो ।




समितिकी कोषाध्यक्ष पार्वता श्रेष्ठलेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा पूनर्स्थापना केन्द्रका प्रतिनिधि सुगम भट्टराई, राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष डिल्ली गिरी, नेकपा एमाले दमक नगर अध्यक्ष अम्बिका खनाल, यूनिक बचत तथा ऋण सहकारीका अध्यक्ष रोहित आचार्य, मेची सहकारी संस्थाका व्यवस्थापक खोम बगाले, सञ्चारकर्मी नगेन्द्रमणि न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रम समितिका अध्यक्ष खगेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो ।







Comments