भूकम्पबाट मोरङका २०५ विद्यालयमा क्षति





१८ जेठ, मोरङ।
भुकम्पबाट मोरङका दुई सय चार सामुदायिक विद्यालयमा क्षति पुगेको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार भूकम्पका कारण जिल्लामा एउटा निजी विद्यालयमा क्षति भएको छ।
क्षति भएकामध्ये ५० वटा सामूदायिक विद्यालयका कोठामा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन ।

जिल्ला शिक्षा कार्यालयबाट खटिएको प्राविधिक सहितको टोलीले एक सय बढी विद्यालयमा अनुगमन गरेको थियो। क्षति पुगेका विद्यालयहरूलाई आवश्यक सहयोग गरिने उक्त कार्यालयले जनाएको छ ।




Comments