पेस्तोल लिएर सेकुवा कर्नर पुगेका जोगीराम पक्राउ



२१ जेठ, सुनसरी।
सुनसरीको इटहरी बजारमा रहेको एक सेकुवा कर्नरबाट बुधबार प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
इटहरी नगरपालिका ४ मा रहेको पुजना सेकुवा कर्नरबाट मोरङ मिर्गौलिया ८ का ४१ वर्षिय भक्त भन्ने जोगीराम दहाललाई प्रहरीले ठुलो चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो। उनलाई क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले साँझ साढे ५ बजे बजे पक्राउ गरेको हो।
प्रहरीले सेकुवा कर्नर आएका उनको झोलाभित्र पेस्तोल बरामद गरेको थियो। पेस्तोलसहित पक्राउ परेका दाहालमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।



Comments