हात्तीको आक्रमणबाट एकाविहानै दुई महिलाको मृत्यु




२७ जेठ, दमक।
जंगली हात्तीको आक्रमणमा परेर आज विहानै दक्षिणी इलामको चुलाचुलीमा दुई महिलाको ज्यान गएको छ ।
हात्तीको आक्रमणमा परी मृत्यु हुने इलाम, चुलाचुली-६ पेल्टीमारीकी ४२ बर्षीया प्रिति लिम्बु र चुलाचुली-४ तीनकुनेकी ३२ बर्षीया अशक्त महिला धनमाया लावती हुन् ।
नजिकै दाजुको घरमा बास बसी बिहान साढे ४ बजे उठेर आफ्नो घर फर्किँदैगर्दा हात्तीको आक्रमणमा परी प्रितिको ज्यान गएको थियो भने धनमायाको भने विहान ५ बजे छिमेकी कहाँ पानी लिन गएकी बेला एउटा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरी चौकी चुलाचुलीले जनाएको छ।
गाउँलेले खोदाएपछि त्यो जंगली हात्ती चुलाचुली उत्तरको चुरे क्षेत्रतिर भागेको बताइएको छ ।


Comments