झापालाई हराउँदै लक्ष्मीमार्ग विजयी



डिकेश लामा,
४ असार, बेलडाँगी।
झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीमा जारी खुल्ला नकआउट भलिवल प्रतियोगिताको आज भएको फाइनल खेलमा झापा टाइगरलाई हराउँदै लक्ष्मी मार्ग भलिवल टीम विजयी भएको छ ।
स्वलगनशील किरात परिवार भूटानको आयोजना तथा कर्णराज रिहाङ तथा चन्द्रमाया दिम्माली (रिहाङ) स्मृतिको प्रायोजनमा भएको नकआउट भलिवल प्रतियोगितामा अन्तिम ५ सेटको खेलमा ९-१५ अंक कायम गर्दै लक्ष्मी मार्गले विजय हात पारेको हो ।



विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिवल संघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक लेखनाथ पराजुलीले नगद २५ हजार ५ सय ५५, ट्रफी, प्रमाण पत्र तथा उपविजेता टीमलाई नगद १० हजार ५ सय ५५, ट्रफी र प्रमाण पत्र वितरण गरेका थिए।
कृष्ण लिङ्देनको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु शैलेन्द्र श्रेष्ठ, गणेश नेम्बाङलगायतले मन्तव्य राखेका थिए ।
यता लक्ष्मी मार्ग टीमबाट महेन्द्र श्रेष्ठ र पशुपति चैधरी जस्ता अन्तराष्ट्रिय स्तरका खेलाडी समेतको उपस्थिति रहेको थियो । खेलमा झापा टाइगरका धनबहादुर श्रेष्ठ उत्कृष्ठ खेलाडी र देवीगञ्ज स्पोर्टिङ क्लव अनुसाशित टीमबाट पुरस्कृत भए । १ सातादेखि लगातार भएको सो खेल प्रतियोगितमा झापा, मोरङ्ग र सुनसरीका १४ वटा टीम सहभागी रहेको खेल सहसंयोजक डम्बर राईले बताए।






Comments