स्थापनाको ३७ बर्षपछि दमकको सिद्धार्थ पूर्वकै उत्कृष्ठ



६ असार, दमक।
झापा दमकको सिद्धार्थ अंग्रेजी उच्च मावि यस वर्षको एसएलसीमा पूर्वाञ्चल क्षेत्रकै नै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ । गत शुक्रवार प्रकाशित एसएलसीको नतिजा अनुसार सिद्धार्थको प्राप्ताङ्क नतिजा पूर्वको नै उत्कृष्ठ नतिजा भएको पाइएको हो । पूर्वका एक हजारभन्दा बढी मावि तहका संस्थागत विद्यालयहरुलाई उछिन्दै सिद्धार्थले पूर्वको नै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको हो ।




दमक-१२ स्थित सिद्धार्थ स्कुलबाट कुल सहभागी एससय १८ परीक्षार्थीमध्ये शतप्रतिशत नतिजा ल्याएर पूर्वको उत्कृष्ठ भएको विद्यालयको दावी छ । ती परिक्षार्थीमध्ये ३१ जना विशिष्ठ श्रेणी र अन्य वाँकी ८७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको सिद्धार्थ उच्च माविका प्रिन्सिपल तेजकुमार श्रेष्ठले जानकारी दिए। सो नतिजा पूर्वको एसएलसी नतिजामा नै उत्कृष्ठ भएको प्रिन्सिपल श्रेष्ठको दावी छ । गत बर्षको एसएलसीमा भने सो विद्यालय जिल्ला उत्कृष्ठ भएको थियो । त्यसवेला २४ विशिष्ठ श्रेणीसहित १०७ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।
आइतबार विद्यालयले आफ्नो स्थापनाको ३७ बर्षपछि एसएलसीमा पूर्वकै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको भन्दै खुसीयाली मनाएको छ । २०३५ सालमा स्थापना भएको सो विद्यालय २०४७ सालदेखि एसएलसीमा सहभागी हुँदै आएको हो भने यस अवधिमा यो विद्यालय तीनपटक जिल्ला उत्कृष्ठ भइसहेको छ।





Comments