लखनपुरमा आज



गाविसको प्रोफाइल बनाइँदै
५ असार, दमक।
झापाको लखनपुर गाविसले भिलेज प्रोफाइल बनाउने भएको छ । गाविसको बास्तविक अवस्था निकाल्न गाविसले भिलेज प्रोफाइलको आवश्यक तयारी थालेको हो । गाविसले सो प्रोफाइल निकाल्न आज मात्र तीनदर्जन बढी विभिन्न सर्वेक्षकहरुलाई सो सम्बन्धी आवश्यक तालिम दिएको गाविस सचिव राकुमार शाक्यले जानकारी दिए ।
सो तालिममा जिल्ला विकास समिति झापाका योजना शाखाका राजु न्यौपाने लगायतकाले सहजीरकण गरिरहेका छन् । गाविस सचिव शाक्यले छनौट भएका सर्वेक्षकहरुले दुईसाता भित्रमा प्रोफाइल तयार गर्0ने बताएका छन् । '१५ दिन भित्रमा हामी प्रोफाइल निकाल्न केन्द्रीत छौ', गाविस सचिव शाक्यले जानकारी दिए । उनले सर्वेक्षणपछि गाविसको वास्तविक अवस्था सार्वजनिक हुने उनले बताए ।
सर्वेक्षकहरुले गाविसका नौवटा वडाहरुको घरदैलोमा पुगेर जन्म, मृत्यु, पेशा लगायतका ३३ वटा विषयहरुको रिपोर्ट निकाल्न सघाउ पुर्‍याउने सचिव शाक्यले बताए ।







लागूऔषध विरुद्ध सचेतना कार्यक्रम

५ असार, दमक।
वर्क फर नेपालले लखनपुरमा शनिवार एकदिने लागूऔषध दुर्व्यसन सम्बन्धी अभिमूखीकरण तालिम सञ्चालन गरेको छ । गाविसको सभाहलमा सम्पन्न सो तालिममा लागूपदार्थ, दुर्व्यसन र यसले मानव स्वास्थ्यमा पुर्‍याउने विभिन्न खाले असरहरुका बारेमा जानकारी दिइएको थियो । स्थानीय बालवालिकाहरुको सहभागीता रहेको तालिममा उपस्वास्थ्य चौकीका प्रमुख रामचन्द्र मिश्र, विमल आचार्य, केशव भण्डारी लगायतकाले सहजीकरण गरेका थिए ।
तालिममा विभिन्न विद्यालय तथा वाल क्लवहरुका ४० जना बढीको सहभागीता थियो ।
आयोजक संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षकर् इश्वर कार्की, गाविस सचिव राजकुमार शाक्य लगायतकाले लागूऔषधको समस्याका बारेमा चर्चा गरेका थिए ।



आइएलओ प्रशिक्षण

५ असार, दमक।
झापाको लखनपुरमा आज एकदिने अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का बारेमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लखनपुर-५ स्थित विष्णुकठ्ठा निमाविमा आयोजित सो तालिममा आइएलओ १६९ र आदिवासी जनजातिका अधिकारका बारेमा आधारभूत सहजीकरण गरिएको थियो।
लखनपुर ५,६,७, ८ र ९ का चार दर्जन बढी आदिवासी, जनजाति महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो ।
तालिममा नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङले सहजीकरण गरेका थिए । सो तालिमको उद्घाटन महासंघ लखनपुर गाउँ समन्वय परिषदका अध्यक्ष जगत सम्बाहाम्फेको अध्यक्षता तथा महासंघ गाउँ सल्लाहकार देकुमार सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटनमा महासंघ गाउँ उपाध्यक्ष चन्द्र ताजपुरियाले स्वागत मन्तव्य राखेका थिए ।
गाविसको सहयोग तथा नेपाल आदिवासी जनजाति राष्ट्रिय महिला महासंघ लखनपुरको सह-आयोजनामा सो कार्यक्रम भएको थियो । सो अवसरमा महासंघकी जिल्ला उपाध्यक्ष खेमकुमारी मगर, महासंघ लखनपुरकी अध्यक्ष चन्द्रकला सुब्बा लगायतको उपस्थिती रहेको थियो ।
यसअघि सोही खाले तालिम गत जेठ ३० गते लखनपुर-१ को मंगलमय उच्चमाविमा सम्पन्न भएको महासंघ लखनपुरका सचिव गोपालचन्द्र भुजेलले जानकारी दिए ।


हाजिरीजवाफ र कविता गोष्ठी सम्पन्न
५ असार, लखनपुर।
झापाको लखनपुर-४ स्थित गेउरियामा हाजिरीजवाफ तथा कविता प्रतियोगीता सम्पन्न भएको छ । इन्द्रेणी बालक्लव लखनपुर-४ र ५ ले आयोजना गरेको सो प्रतियोगीताहरुमा स्थानीय विद्यालयहरु तथा बालक्लवहरुको सहभागीता रहेको थियो । प्रतियोगीताको हाजिरीजवाफतर्फ हिमाली अंग्रेजी स्कुल प्रथम, सरस्वती मावि द्वितीय र मंगलमय उमावि तेश्रो भएका थिए ।
त्यस्तै, कविता प्रतियोगीतातर्फ सरस्वती माविकी छात्रा अम्बिका संग्रौला प्रथम, मंगलमय उमाविकी छात्रा मिना प्याकुरेल द्वितीय तथा चेतना बालक्लवका सागर ढकाल र स्मारिका बोर्डिङ स्कुलकी सुष्मिता ढकाल तेश्रो भएका छन्।
प्रतियोगीताका विजयीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
गाविसको सहयोगमा सञ्चालित सो प्रतियोगीतामा गाविस सचिव राजकुमार शाक्य, श्रष्टा धनकुट कान्छा लगायतकाले वोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष शिषम काफ्लेको अध्यक्षता र सचिव यतिश ओझाले सञ्चालन गरेका थिए ।




Comments