एभरेष्टको बार्षिकोत्सवमा मनोरञ्जनात्मक कार्यक्रम



२९ जेठ, दमक।
यहाँस्थित एभरेष्ट मल्टीटेक्निकल कलेजले आफ्नो दशौं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
बार्षिकोत्सवका अवसरमा कलेजका विद्यार्थी तथा स्थानीय कलाकारहरुले आज विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा डिआइडी सिजन दुईका तेश्रो कलाकार मौषम श्रेष्ठ र विभिन्न जनावरहरुको आवाज निकाल्ने प्रतिभाका धनी रमेश दुलाल आ-आफ्नो प्रतिभा देखाएर थप मनोरञ्जन दिलाएका थिए। उनीहरुको प्रस्तुतिमा सहभागी दर्शकहरुले बेजोडका साथ साथ दिएका थिए ।


स्थानीय एसएन मार्केटको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा कलेजले विभिन्न विषयका प्रशिक्षकहरुलाई सम्मान गरेको थियो । कलेजका भाइस प्रिन्सिपल एलपी फूँयलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दमक मोडल क्याम्पसका प्रमुख कृष्ण तिम्सिना, एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल कोषराज प्याकुरेल, व्रिटिस ल्याङ्वेज इन्ष्टिच्यूटका निर्देशक धनराज सुब्बा, कलेजका शिक्षकहरु अनिश चापागाईं, विष्णु पराजुली लगायतले समेत बोलेका थिए ।
कलेलले अंग्रेजी, कोरियन, जापानीज, हिब्रु लगायतका भाषाहरुको कक्षा सञ्चालन गर्नुका साथै विद्यालय, उच्च शिक्षाको विभिन्न विषयहरुका ट्युसन कक्षासमेत सञ्चालन गर्दै आएको छ ।





Comments