अर्नाको आक्रमणबाट एकको मृत्यु, तीन घाइते




३२ जेठ, विर्तामोड ।
झापाको बिर्तामोडमा अर्नाको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बिहान करिब पौने ८ बजेतिर गाँउमा पसेको जंगली अर्ना धपाउनेक्रममा सो अर्नाले आक्रमण गर्दा विर्तामोड नगरपालिका ९ का १८ वर्षीय गोलु सतारको मृत्यु भएको हो। अर्नाको आक्रमणबाट उनको आन्द्रा भुँडी बाहिर निस्किएको थियो। उनको बिर्तामोड स्थित बि.एण्ड बि.अस्पतालमा उपचार हुँदा हुँदै बिहान करिब ८ बजे मृत्यु भएको हो।
अर्नाको आक्रमणबाट सोही गाँउका ५८ वर्षीय केरकेरु राजवंशी, ६० वर्षीया ललिता राजवंशी र ३० वर्षीया पूर्णिमा राजवंशी भएका छन्। उनीहरुको अनुहार, पिडुला र टाउकोमा चोट लागेको छ। घाइते तीनैजनाको बि.एन्ड.बि. अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।


Comments