बेलबारीमा जलवायु परिवर्तन गोष्ठि




३० जेठ, बेलबारी ।
नेपाल आदिवासी जनजाति महिला महासंघ समन्वय समितिको आयोजनामा एक दिने जलवायु परिवर्तन र रेडप्लससम्बन्धी गोष्ठि शनिबार बेलबारीमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला महासंघमा आवद्ध विभिन्न जातीय संस्थाबाट ४० जना महिलाहरूको सहभागीता रहेको थियो । गोष्ठिलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङका अध्यक्ष सौखिन बान्तावा, आदिवासीहरूको वकिल समूह (लाहुर्निप) का प्रतिनिधि देवराज चौधरी, जिल्ला विकास समितिका कर्मचारी लिला सुब्बाले सहजीकरण गरेका थिए।





यसैबीच, गोष्ठिको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अतिथिहरूले आदिवासी जनजातिको अधिकार खोस्ने गरी रेडप्लस कार्यक्रम ल्याए आदिवासी जनजाति समूदायले कार्यान्वयन हुन नदिने बताएका छन् । जिल्ला विकास समितिअन्तर्गत आदिवासी जनजाति समन्वय समितिका उपाध्यक्ष गेनावतीदेवि चौधरी, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङका उपाध्यक्ष नरबहादुर मोक्तान, किरात राई यायोक्खाका केन्द्रीय सदस्य तिलक राई लगायतले त्यस्तो बताएका हुन् ।

गोष्ठी महिला महासंघका जिल्ला अध्यक्ष चन्द्रकला मगरको सभापतित्वमा सम्पन्न भएको थियो।



Comments