देउनिया खोलामा ११ फिट लामो अजिङ्गर भेटियो



१८ जेठ, दमक।
झापाको पृथ्वीनगर-४ स्थित देउनिया खोलामा फेला परेको ११ फिट लामो अजिङ्गर वन कार्यालयमा बुझाइएको छ ।
लोपोन्मुख प्रजातिमा पर्ने सो अजिङ्गरलाई आइतबार प्रहरीले गाउँलेको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय झापामा बुझाएको हो।
आइतबार साँझ साढे ५ बजे खोला किनारमा ठूलो सर्प देखेपछि गाउँलेले वडा प्रहरी कार्यालय भद्रपुरमा खबर गरेका थिए।
११ फिट लामो सो अजिङ्गरलाई प्रहरी, स्थानीय र वन कार्यालयका कर्मचारीको सहयोगमा समातेर सकुशल चन्द्रगढीस्थित जिल्ला वन कार्यालयमा बुझाइएको हो।

यसअघि २०७१ कार्तिक ३० गते पनि प्रहरीले सोही खोलाको किनारबाट करिब १७ फिट लामो अजिङ्गर समातेर जिल्ला वन कार्यालयमा बुझाएको थियो।


Comments