बैंक खाताबाटै विद्यालयको रकम गायव



९ जेठ, दमक।
दमक ६ स्थित ढुकुरपानी उमाविको ५ लाख रूपैयाँ बैंक खाताबाटै गायव भएको छ।
विद्यालयको राष्ट्रिय वाणिज्य बैंक दमक शाखामा खोलिएको खाताबाट किर्ते गरी रकम निकालेको पाइएको विद्यालयले जनाएको छ।
नक्कली लेटरप्याड र छाप प्रयोग गरी बैंक्रलाई चेक सकिएको वेहोरा जनाई नयाँ चेक बुक निकालेर रकम निकालेको पाइएको विद्यालयका प्राचार्य लीलानाथ खनालले बताए। बुधबार बैंकको दमक शाखामा जाँदा खातामा पैसा नरहेको जानकारी भएपछि खोजी गर्दा किर्ते गरी रकम निकालेको थाहा भएको उनले जनाए। खनालका अनसार दमक शाखाबाट चेक निकाली विर्तामोड शाखाबाट ३ लाख ५० हजार र बैशाख ३ गते एक लाख ५० हजार निकालेको पाइएको हो ।


बैंक खाता प्राचार्य र लेखापालको नामबाट सञ्चालन भइरहेको भए पनि प्राचार्य र अवकास प्राप्त एक शिक्षकको किर्ते हस्ताक्षरबाट रकम निकालेको पाइएकाले बैंकको लापरवाही देखिएको खनालको दावी छ। यसबारे प्रहरीले समेत अनुसन्धान थालेको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले विद्यालयको प्राचार्य र लेखापालको हस्ताक्षरबाट खाता सञ्चालन जानकारी दिएपनि गलत व्यक्तिको हस्ताक्षरका भरमा रकम दिएकाले अनुसन्धान थालिएको बताए। कसरी रकम निकासा भएको भन्नेबारे दुई दिन भित्रमा विस्तृत जानकारी गराउन बैंकका शाखा प्रमुखलाई भनिएको उनले बताए ।



Comments