वेलायतवासी भुटानीबाट भुकम्प पीडितलाई सहयोग




४ जेठ, दमक।
बेलायतमा पुनर्वास भएका भुटानी शरणार्थी प्रेम गिरी र उनकी श्रीमती सावित्रा गिरीले भुकम्पबाट झापामा शरणागत काठमाण्डौको एउटा बालगृहलाई आठहजार रूपैयाँ बराबरको खाद्यान्न सहायता प्रदान गरेका छन् ।
२० अप्रिलमा दिवंगत भएका सावित्राका पिता अखिल बहादुर खड्काको स्मरणमा उनिहरुले ९० केजी चामल चामल, १५लिटर खानेतेल १०केजी नुन, ४०केजी तरकारी सहयोग गरेको बाल संरक्षण धरोहरकी सञ्चालिका बिनिता अर्यालले बताएकी छिन् ।




उत्तर पश्चिमी बेलायतको म्यान्चेस्टर सिटी अन्तरगत अस्टर्नमा रहेको गिरी परिवारले सो सहायता सामग्री झापापोष्ट दैनिकमार्फत हस्तान्तरण गरेका हुन् ।

खडका बेलडाँगी ३ को सेक्टर ए २बाट ६ बर्षअघि नेदरल्याण्ड पुनर्बास भएका थिए । उनका तीन छोरामध्ये जेठा डिल्लीराम र कान्छा लालबहादुर भुटानमै छन् । खड्का माइला छोरा योग बहादुरसाथ नेदरल्याण्ड बस्दै आएका थिए ।








Comments