दमक क्याम्पसमा सेमिनार तथा विज्ञान प्रदर्शनी




गोविन्द पोखरेल
५ जेठ, दमक।
दमक बहुमुखी क्याम्पस झापाले आगामी जेठ ८ गते सेमिनारको आयोजना गर्ने भएको छ । एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने निःशुल्क सेमिनार कार्यक्रमको आयोजना गर्न लागेको विज्ञान संकायका प्रमुख रत्न थापाले जानकारी दिए ।
सेमिनारमा टेलिस्कोप एक्जिविसन, अटोमेटिक वेदर स्टेसन, ल्याब भिजिट, लाइब्रेरी भिजिट लगायत देखाइने थापाले बताए। क्यूएए सर्टिफाइड सो क्याम्पसले पहिलोपटक एक्जिविसनको आयोजना गर्न लागेको हो । पूर्वाञ्चलका सबै विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ ।



एसएलसी परिक्षा दिएर विद्यार्थीहरुले उच्च शिक्षाका लागि काठमाण्डौ जानुको विकल्पमा स्थानीय क्याम्पसहरु सुविधासम्पन्न भएको जानकारी दिनका लागि पहिलोपटक सेमिनार गर्न लागिएको विज्ञान संकायका प्रमुख थापाले जानकारी दिए ।
सेमिनार विशेष गरी विज्ञान लक्षित कार्यक्रम हुने बताइएको छ । यस्तै, सोही दिन विज्ञान प्रदर्शनीसमेत हुने थापाले बताए ।



Comments