हत्या अभियोगमा दुई पक्राउ




१६ जेठ, दमक।
होटलमा काम गर्ने एक युवतीलाई हत्या गरेको अभियोगमा काँकडभिट्टा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
दमक १० घर भई काँकडभिट्टास्थित सिलाङ होटलमा काम गर्ने २० बर्षीया मन्दिरा विकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ पर्ने २५ बर्षिय विजय लामा र २० बर्षिय कुमार तामाङ हुन्।
उनीहरूले गएराति मदिरा सेवन गरी विकलाई घाँटीमा छुरा प्रहार गरी हत्या गरेका थिए । हत्या पछि विकको शव पुरानो भन्सार कार्यालय छेउमा लगी फालेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।




Comments